काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ रहेको छापावाला सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।