images
images

ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत


  • 373
    SHARES
  • २०८० आषाढ १० गते आइतबार

    ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत

    काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९र८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईँका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ २ अर्ब ७ करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । यो महानगरको वार्षिक पुँजीगत बजेट ५ अर्ब १९ करोड ३५ लाखको ४० प्रतिशत हो ।

    गत असारमा कुल बजेट ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार पारित भएको थियो । उक्त बजेटको संशोधन गर्दै २०७९ पुसमा सम्पन्न दोस्रो नगरसभाले १ अर्ब १५ करोड पूरक बजेट थप गरेको थियो । गत असारको नगरसभामा पुँजीगततर्फ ४ अर्ब ८ करोड ७३ लाख ४९ हजार पारित गरेकामा पुसको नगरसभाबाट १ अर्ब १० करोड ३५ लाख पूरक बजेट थप गरी ५ अर्ब १९ करोड ३५ लाख पुर्याएको सूचना अधिकारी गुरागाईँले जानकारी दिए ।

    त्यस्तै आन्तरिक आयतर्फ ललितपुरले ८५ प्रतिशत उपलब्धि हासिल गरेको छ । आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी २ अर्ब ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको महानगरले आन्तरिकतर्फ जेठ मसान्तसम्म १ अर्ब १५ करोड सङ्कलन गर्न सफल भएको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी दिए । थापाका अनुसार महानगरले यस वर्ष आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी कुल २अर्ब ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । आन्तरिकतर्फ १ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको हालसम्म उठेको रकम ८५ प्रतिशत हो । 

    अघिल्लो आर्र्थिक वर्षमा २ अर्ब ६७ करोड राजस्व सङ्कलन गरेको महानगरले आन्तरिकतर्फ १ करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो ।


    images
    images

    Logo