काठमाडौं । नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ । शनिबार भएको आईसीसी क्रिकेट वल्र्डकप क्वालिफायर खेलमा ४३.३ ओभरमा नेपालले १६७ रन बनाई १६८ रनको लक्ष्य दिएको हो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ न बनाए । सन्दीप लामिछानेले २७, कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए ।
लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए । बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए ।