images
images

अर्काको नाममा लाइसेन्सको परीक्षा दिने सशस्त्र प्रहरी जवान पक्राउ


  • 375
    SHARES
  • २०८० आषाढ ९ गते शनिबार

    अर्काको नाममा लाइसेन्सको परीक्षा दिने सशस्त्र प्रहरी जवान पक्राउ

    काठमाडौं । सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो । 

    पर्वको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रुपन्देही निवासी सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

    नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत हुनुहुन्छ भने सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्रवाहिनीमा कार्यरत छन् । नेपालीलाई अनुसन्धका लागि बोलाउने तयारी भइरहेको प्रनाउ केसीको भनाइ छ । 

     


    images
    images

    Logo