images
images

ट्राफिक प्रहरीको लापसे चेकिङ :  २ जना चालक नियन्त्रणमा


  • 439
    SHARES
  • २०८० आषाढ ९ गते शनिबार

    ट्राफिक प्रहरीको लापसे चेकिङ :  २ जना चालक नियन्त्रणमा

    काठमाडौं । काठमाडौंको तार्केश्‍वर नगरपालिका ६ स्थित धर्मस्थलीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा आउनेमा रामेछाप घर भएका २१ वर्षीय रविन मगर र काठमाडौंको तार्केश्‍वर नगरपालिका ६ का २२ वर्षीय लक्ष्मण बानीया रहेका छन् ।

    नियन्त्रणमा लिएका ‍ दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बालाजुमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलिले आज‍ २१ ओटा सवारी साधनका चालकलाई चेक गर्दा २ जना भने ‍लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए ।

    लागुपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितीमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नु भएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनका अलवा सडक सुरक्षा सम्बन्धी विविध जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसका साथै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा पनि ल्याउँदै आएको छ । काठमाडौँ उपत्यकामा हाल दैनिक ३ हजार भन्दाबढी चालक ट्राफिक नियम उल्लङघन गरेको कसुरमा कारबाहीमा पर्दै आएका छन् ।


    images
    images

    Logo