images
images

वीरका ७ सय शय्या आजदेखि बिरामीका लागि निःशुल्क


  • 304
    SHARES
  • २०८० आषाढ ८ गते शुक्रबार

    वीरका ७ सय शय्या आजदेखि बिरामीका लागि निःशुल्क

    काठमाडौं । वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए । 

    उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए । उनका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क गरिएको छ ।

    मन्त्रालयको पहलमा शय्यावापत आउने पैसाको सोधभर्ना गर्नेगरी सर्वसधारणका लागि निःशुल्क गरिएको निर्देशक डा पौडेलले जानकारी दिनुभयो । यसअघि प्रतिदिन २ सय शय्यामा शुल्क लाग्ने गरेको थियो । अस्पतालमा क्याविन, सघन उपचारकक्ष (आइसीयू) गरी नौ सय ६० शय्या रहेका छन् ।


    images
    images

    Logo