images
images

कार्यालय प्रमुखले नै २८३ जनाको गैरकानुनी लाइसेन्स बनाइदिएपछि...


  • 539
    SHARES
  • २०८० आषाढ ८ गते शुक्रबार

    कार्यालय प्रमुखले नै २८३ जनाको गैरकानुनी लाइसेन्स बनाइदिएपछि...

    काठमाडौं । फेल भएका २८३ जनाको लाइसेन्स बनाइदिने यातायात कार्यालयका तात्कालिन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । लिखित परीक्षामा उत्तिर्ण नै नभएका र उपस्थित समेत नभएकाको लाइसेन्स बनाइदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका पूर्व प्रमुख लक्ष्मण शाही विरुद्ध मुद्दा लगाएको हो । 

    सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षामा अनुत्तिर्ण भएका १८० जनालाई उत्तीर्ण भएको जनाएर लिखित परीक्षाको नतिजा प्रतिवेदनमा हेरफेर गरेको आरोप शाहीमाथि लागेको छ । ती मध्ये १३ जनाको उत्तरपुस्तिकामा समेत अंक सच्याएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा लगाइएको हो । 

    त्यस्तै, प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ३९ जनालाई समेत लाइसेन्स दिएको आरोप शाहीविरुद्ध लागेको छ । ती सँगै, प्राप्तांकमा फेरबदल गरि उत्तीर्ण बनाइएका २३ जना, उत्तीर्ण नभएका २२१ जनालाई लाइसेन्स दिएको आरोप उनीविरुद्ध लागेको हो । 


    images
    images

    Logo