काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १० गते २० अर्ब बराबरको ७ दिन अवधिको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तयि क्षेत्रमा तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमाबाट खिच्ने भएको हो ।
राष्ट्र बैंकले शुक्रबार सुचना जारी गर्दै आउँदो असार १७ गते परिपक्व हुने गरी २० अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।
प्रणालीमा अधिक भएको तरलता तान्ने मौद्रिक औजार हो– रिभर्स रिपो। राष्ट्र बैंकले आइतबार सो रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्न लागेको हो। यसअघि मात्रै राष्ट्र बैंकले बिहीबार मात्र १० अर्बको रिभर्स रिपो जारी गरेको थियो ।