images
images

‘वायु सेवा निगममा कर्मचारी भर्र्ती गर्नु भनेको आमाको रगत खानु जस्तै हो’


  • 702
    SHARES
  • २०८० आषाढ ८ गते शुक्रबार

    ‘वायु सेवा निगममा कर्मचारी भर्र्ती गर्नु भनेको आमाको रगत खानु जस्तै हो’

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल वायु सेवा निगममा कर्मचारी भर्ती गर्नु भनेको आमाको रगत खानु जस्तै रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा भएको विनियोजित शिर्षकमाथि सामूहिक छलफलका क्रममा उनले निगमले गरेको कमाइले कर्मचारीलाई तलब खुवाउन समेत नपुग्ने स्थिति रहँदासमेत अनावश्यक कर्मचारी थप्न नहुने बताएका हुन् । 

    भट्टराईले निगमले उडानबाट नाफा गर्न नै नसक्ने र ग्राउण्ड ह्याण्डिलिङबाट आएको पैसाबाट कर्मचारीलाई तलब खुवाउने स्थिति रहेको बताएका छन् । विमान थोरै रहेको तर कर्मचारी धेरै राख्नुमा कुनै अर्थ नभएको भन्दै कर्मचारी कटाउनुपर्ने सल्लाह दिएका छन् । 

    ‘नेपालकै कतिपय निजी कम्पनीमा जहाज १६ वटा छन्, उनीहरुसँग कर्मचारी ११ सय छन् । हामीसँग चारवटा जहाज छन्, तीन हजार कर्मचारी किन चाहियो ?’ उनले प्रश्न राखे । 

    आफू मन्त्री रहँदा कर्मचारी कटौती गरेको बताउँदै उनले आफ्नो पार्टी सत्तामा नरहँदा सयौँ कर्मचारी थपेको आक्षेप लगाएका छन् । सोही क्रममा उनले,‘ नेपाललाई सोमालियाकी आमाजस्तो बनाउने ? जुन आमाको दूध आउँदैन उसैको स्तन चुसिराख्ने ? रगत चुसेजस्तै हो त्यो, नेपाल वायुसेवा निगममा कर्मचारी भर्ती गर्नु भनेको आमाको रगत चुसेजस्तै हो’ भने ।

    कर्मचारी थप्ने कार्य निन्दनीय भएको उनले बताए । 


    images
    images

    Logo