काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई जना विमान चालकलाई निलम्बन गरेको छ । प्राधिकरणले उडान सुरक्षाको नियम उल्लङ्घन तथा एयर बस–३३० मापदण्ड पालना नगरेको भन्दै उक्त २ जना पाइलटलाई कारबाही स्वरूप उडानमा प्रतिबन्ध लगाएको हो ।
नाम गोप्य राखिएका उक्त २ पाइलटले काठमाडौंदेखि जापानको नारिता उडानव्रmममा उडान सुरक्षा नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको प्राधिकरणले जनाएको छ ।
ती पाइलटहरुलाई अर्को सूचना नभएसम्मका लागि उडानमा प्रतिबन्ध लगाएको प्राधिकरणले जनाएको छ ।