काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
बैंकले तह ४ देखि तह ९ सम्मका लागि ४ सय ६५ कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकले असर ३० गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । साथै दोब्बर दस्तुर तिरेर साउन ६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
