काठमाडौं । वेस्ट इन्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ । बिहीबार भएको आईसीसी क्रिकेट वल्र्डकप क्वालिफायर खेलमा ५० ओभरमा वेस्ट इन्डिजले ३३९ रन बनाई ३४० रनको लक्ष्य दिएको हो ।
नेपालका तर्फबाट ललित राजवंशीले ३ विकेट लिएका थिए । त्यस्तै, करण केसी, गुल्सन झा, सन्दिप लामीछाने र डीएस ऐरीले १÷१ विकेट लिएका थिए ।