images
images

विद्युत् प्राधिकरणका पूर्व इञ्जिनियर विरुद्ध १ करोड ४२ लाख भ्रष्टाचार गरेको आरोप


  • 321
    SHARES
  • २०८० आषाढ ७ गते बिहीबार

    विद्युत् प्राधिकरणका पूर्व इञ्जिनियर विरुद्ध १ करोड ४२ लाख भ्रष्टाचार गरेको आरोप

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व इञ्जिनियर कृष्ण प्रसाद यादव विरुद्ध १ करोड ४२ लाख भ्रष्टाचार गरेको आरोप लागेको छ । आफूसँग भएको सम्पत्तीको स्रोत खुलाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

    २०४८ फागुन ९ गते नियुक्ति भएदेखि २०७९ जेठ ९ गते अवकाश लिँदा सम्म उनले कमाएका सबै आय जोड्दा १ करोड ७१ लाख रुपैयाँ वैधानिक आय देखाएका थिए । खर्च भने आयभन्दा १ करोड ४२ लाख रुपैयाँले बढी – ३ करोड १३ लाख देखिन आएको छ । स्रोत नखुलेको गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोप आयोगले यादवविरुद्ध लगाएको हो । 

    स्रोत नखुलेको सम्पत्ति श्रीमति मंजुदेवी यादवको नाममा राखेको कारण उनलाईसमेत प्रतिवादी बनाई आयोगले मुद्दा दायर गरेको हो । 


    images
    images

    Logo