images
images

हिन्दी फिल्म नरोक्ने अदालतको आदेश नमान्ने बालेनको घोषणा


  • 335
    SHARES
  • २०८० आषाढ ७ गते बिहीबार

    हिन्दी फिल्म नरोक्ने अदालतको आदेश नमान्ने बालेनको घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतले दिएको आदेश नमान्ने भनेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै उनले हिन्दी फिल्म नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका हुन् । 

    काठमाडौंका हलहरुमा हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयको विरुद्धमा अदालतले फैसला गरेको थियो । त्यसैको प्रतिक्रियामा उनले अदालत र सरकारलाई समेत भारतीय दलाल भएको आक्षेप लगाउँदै आदेश नमान्ने बताएका छन् । 

    बालेनले स्ट्याटसमा लेखेका छन्,‘ जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि  जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’


    images
    images

    Logo