images
images

काठमाडौंको हलमा हिन्दी फिल्म प्रदर्शन नरोक्न अदालतको अन्तरिम आदेश


  • 406
    SHARES
  • २०८० आषाढ ७ गते बिहीबार

    काठमाडौंको हलमा हिन्दी फिल्म प्रदर्शन नरोक्न अदालतको अन्तरिम आदेश

    काठमाडौं । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो। 

    अन्तरिम आदेशमा हिन्दीलगायत कुनै पनि फिल्म रोक नलगाउन र यथास्थितिमा चल्न दिन भनिएको छ । नेपाल चलचित्र संघले बुधबार महानगर प्रमुख बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

    संघका कानुन व्यवसायी जयलाल भण्डारीका अनुसार यो विषयमा अन्तरिम आदेश छलफलका लागि अदालतले १२ असारमा दुबै पक्षलाई बोलाएको छ ।

    भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । बालेनकाे साे निर्णय पछि स‌घ अदालत गएकाे थियाे । 

     

     

     


    images
    images

    Logo