काठमाडौं । पूर्व विश्व विजेता वेस्ट इन्डिज विरुद्ध नेपाली टिमले उत्कृष्ट प्रदर्शन गरेको छ । विश्व कप क्वालिफायर अन्तर्गत बिहीबार भएको खेलमा नेपालले पहिलो ५ ओभरमा ११ रन खर्चिँदै २ विकेट लिन सफल भएको हो ।
नेपालका लागि करण केसीले १ र गुल्सन झाले १ विकेट लिए । दोस्रो ओभरमै पहिलो विकेट लिएर नेपाली टिमले वेस्ट इन्डिज माथि दवाव बनाएको थियो । पाचौँ ओभरमा गुल्सन झाले नेपालका लागि अर्को विकेट लिए ।