काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख १० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत सोमबारदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । सोमबार सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।