images
images

१० अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक 


  • 376
    SHARES
  • २०८० आषाढ ७ गते बिहीबार

    १० अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंक असार ७ गते १० अर्ब बराबरको ७ दिन अवधिको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमाअधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत १० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको हो।

    राष्ट्र बैंकले बुधबार सुचना जारी गर्दै आउँदो असार १४ गते परिपक्व हुने गरी १० अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् ।

    राष्ट्र बैंकले यस अघि माघ १२ गते ५ अर्बको रिभर्स रिपोको वोलकवोल गरेको थियो। 


    images
    images

    Logo