images
images

यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरु (सूचीसहित)


  • 349
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णयहरु (सूचीसहित)

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ । बुधबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू कारबाही र किनारा लगाउने अधिकार दिएको बताएकी छिन् ।

    हालसम्म साइबर अपराधको मुद्दाको सुरु कारबाही काठमाडौं जिल्ला अदालतमा र बैंकिङ कसूरका मुद्दाहरुको सुरु कारबाही उच्च अदालतबाट हुने गरेको थियो ।

    त्यस्तै,साे बैठकले धुर्मुस सुन्तली फाउण्डेसनले गिरानचौर एकीकृत नमूना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा असुल गर्नुपर्ने अग्रिम कर त्यसलाई छुट दिने निर्णय गरेको छ। 

    बैठकले महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि १९८९ को सातौं आवधिक प्रतिवेदन समितिमा पठाउन स्वीकृत दिने  निर्णय गरेको छ ।

    त्यसैगरी उक्त बैठकले चीनको सिचुआन प्रान्त छेन्जुङमा २०८० असार ११२ गतेदेखि १४ गतेसम्म सिचुआन काउन्सिलको आयोजनामा हुने १२ औं चाइना सिचुअन साउथ एशिया एण्ड साउथेस्ट एशिया बिजनेस लिडर समिट कार्यक्रममा सहभागी हुन म्याग्दी जिल्लाका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाको भ्रमणलाई स्वीकृति दिने निर्णय गरेको छ । 

    cabinet.png


    images
    images

    Logo