images
images

सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्रीको निधनमा आज प्रदेशभर शोक बिदा


  • 319
    SHARES
  • २०८० आषाढ ६ गते बुधबार

    सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्रीको निधनमा आज प्रदेशभर शोक बिदा

    धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीको सडक दुर्घटनामा निधन भएको शोकमा आज प्रदेशभर बिदा दिइएको छ । 

    मन्त्री  पृथ्वीबहादुर सिंहको निधनमा बुधबार प्रदेशभर शोक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने र सो दिन सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको  छ ।  

    मंगलबार बझाङमा भएको सवारी दुर्घटनामा मन्त्री सिंहको निधन भएको थियो । धनगढीबाट बझाङ सदरमुकाम चैनपुर जाँदै गरेको सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा सिंहकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ । दुर्घटनामा परेर सिंहका अंगरक्षक र चालक गम्भीर घाइते भएका छन् । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।


    images
    images

    Logo