images
images

४६५ विद्यालयले बुझाए छात्रवृत्ति विवरण, हालसम्म विवरण नबुझाउनेलाई के हुन्छ ?


  • 359
    SHARES
  • २०८० आषाढ ५ गते मंगलबार

    ४६५ विद्यालयले बुझाए छात्रवृत्ति विवरण, हालसम्म विवरण नबुझाउनेलाई के हुन्छ ?

    काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र भएका ५०४ वटा निजी विद्यालयमध्ये ४६५ वटाले छात्रवृत्ति विवरण बुझाएका छन । निजी विद्यालयहरुले विवरण बुझाएको महानगरको इतिहासमा यो पहिलो पटक हो । 

    विवरण नबुझाउँदा लक्षित बर्गका विद्यार्थीहरुले कानुनले तोकेको छात्रवृत्ति सम्बन्धी सुविधा प्राप्त गरे नगरेको भन्न कठिन थियो । सार्वजनिक सूचनामार्फत विवरण माग गरिएपछि विवरण प्राप्त भयो । त्यसबाट लक्षित वर्गका १३ हजार जनाभन्दा बढी विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गरेका छन् । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भन्छन्, ‘प्राप्त विवरणमाथि निरीक्षण गरी यस सम्बन्धी सूची प्रकाशित गरिनेछ ।’

    विवरण नपठाउने विद्यालयका सन्दर्भमा प्रतिक्रिया दिँदै प्रमुख शाह भन्छन्, ‘हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइनेछ । त्यसपछि पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।’

    विद्यमान कानुनी प्रवन्ध कार्यान्वयनबाट यत्ति धेरै संख्यामा विद्यार्थीले छात्रवृत्ति पाएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाह भन्छन्, ‘कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ ।’


    images
    images

    Logo