images
images

नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट


  • 657
    SHARES
  • २०८० आषाढ ५ गते मंगलबार

    नबिल बैंकका ग्राहकलाई  र्याडिसन होटलमा १० प्रतिशत छुट

    काठमाडौं । नबिल बैंकका ग्राहकलाई ¥याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटल बिच भएको सम्झौता पछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो ।

    उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले ¥याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ¥याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ । 
    नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।


    images
    images

    Logo