images
images

घूस लिएको अभियोगमा मुद्दा दायर


  • 338
    SHARES
  • २०८० आषाढ ५ गते मंगलबार

    घूस लिएको अभियोगमा मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग रु नौ हजार  घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिनअघि उहाँलाई पक्राउ गरेको थियो । 

    आरोपी प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ । 


    images
    images

    Logo