images
images

बढीको कारणले मन्छियाम हाइड्रोपावरले बनाएको आयोजनामा क्षति, विद्युत उत्पादन बन्द 


  • 667
    SHARES
  • २०८० आषाढ ५ गते मंगलबार

    बढीको कारणले मन्छियाम हाइड्रोपावरले बनाएको आयोजनामा क्षति, विद्युत उत्पादन बन्द 

    काठमाडौं । बढीको कारणले मन्छियाम हाइड्रोपाबरले निर्माण गरेको निर्माण गरेको माथिल्लो पिलुवाखोला २ जलबिद्युत आयोजनाको उत्पादन बन्द भएको छ । कम्पनीले संखुवासभा जिल्लाको पिलुवाखोलामा निर्माण गरी राष्ट्रिय प्रशारण लाईनमा जोडेर संचालनमा ल्याएको ४.७२ मेगावाट क्षमता भएको माथिल्लो पिलुवाखोला २ जलबिद्युत आयोजनामा बढीले क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको हो । 

    कम्पनीका गत शनिवार राती अन्दाजी ९:३० बजे पुर्वी पहाडी क्षेत्रमा परेको अबिरल बर्षाका कारण पिलुवाखोलामा आएको भिषण बाढीले जलबिद्युत आयोजनाको मुख्य संरचनाहरु पावरहाउस, हेडवर्क्स, स्वीचयार्ड, ट्रान्सफरमर, अप्रोच क्यानल, टर्बाइन, जेनेरेटर, कन्ट्रोल प्यानल, डिजी जेनेरेटर सेट लगायतका महत्वपुर्ण सबै संरचनाहरु बगाउँने, भत्काउँने, तथा ठूला ठूला ढुङ्गाहरुले लागी क्षतबिक्षत भएको छ। 

    आयोजनामा पुर्ण रुपमा क्षती भएको अवस्था रहेकोले उल्लेखित सम्पुर्ण संरचनाहरुको पुर्ननिर्माण नहुन्जेलसम्म बिद्युत उत्पादन र आपुर्तिको कार्य हुन नसक्ने कम्पनीले जनाएको छ।


    images
    images

    Logo