images
images

सन्दुक रुइतले पाएको अवार्डमा कर नलिने सरकारको निर्णय


  • 273
    SHARES
  • २०८० आषाढ ५ गते मंगलबार

    सन्दुक रुइतले पाएको अवार्डमा कर नलिने सरकारको निर्णय

    काठमाडौं । डा. सन्दुक रुइतले पाएको ‘इसा अवार्ड’ पुरस्कारमा सरकारले कर नलिने भएको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै गृह मन्त्रालयले डा. रुइतले पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ)मा कर छुट दिने निर्णयबारे बताएको हो । 

    बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थालाई प्रदान गर्दै आएको छ।

    आँखा सम्बन्धि विभिन्न समस्याहरुको उपचार गरि ‘मानव कल्याण’ गरेका कारण उनलाई इसा अवार्डका लागि छनोट गरिएको थियो । 


    images
    images

    Logo