images
images

खातामा पैसा भएभन्दा बढीको शेयर भर्नेलाई ३ लाख जरिवानासहित जेल सजाय हुने


  • 1.2K
    SHARES
  • २०८० आषाढ ४ गते सोमबार

    खातामा पैसा भएभन्दा बढीको शेयर भर्नेलाई ३ लाख जरिवानासहित जेल सजाय हुने

    काठमाडौं । बैंक खातामा पैसा भएभन्दा बढीको शेयर भर्नेलाई जरिवानासहित जेल सजाय हुने भएको छ । घोराही सिमेन्ट आईपीओमा १ करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवदेन परेपछि  सिडिएस एन्ड क्लियरिङ लिमिटेडले यस्ता फर्जी आवदेन दिनेलाई कारबाही गर्ने भएको हो । 

     सिडिएसले सोमबार विज्ञप्ति जारी गर्दै यसरी फर्जी आवेदन दिनेलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने जनाएको छ । 

     ‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवं जालसाजीयुक्त कारोबार हुने भएकाले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कानुनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ ।’ सीडीएससीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 


    images
    images

    Logo