images
images

अदालतमा गोली चल्दा दुई जना घाइते


  • 563
    SHARES
  • २०८० आषाढ ४ गते सोमबार

    अदालतमा गोली चल्दा दुई जना घाइते

    भाकर । पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् ।

    अधिकारीहरूका अनुसार न्यायाधीश भक्कर कलोरकोटको इजलासमा गोली चलेको थियो । मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहमा दुई जनाले गोली चलाएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ भने घाइतेहरूलाई अस्पताल  पुर्याइएको एआरवाई न्युजले उल्लेख गरेको छ। पुरानो दुश्मनीका कारण सो घटना भएको प्रहरीको अनुमान छ ।

    घटनाको अनुसन्धान भइरहेको छ ।


    images
    images

    Logo