images
images

सिंचाई विभागका पूर्वमहानिर्देशक विरुद्ध ३ करोड ५६ लाख भ्रष्टाचारको मुद्दा


  • 442
    SHARES
  • २०८० आषाढ ४ गते सोमबार

    सिंचाई विभागका पूर्वमहानिर्देशक विरुद्ध ३ करोड ५६ लाख भ्रष्टाचारको मुद्दा

    काठमाडौं । जलस्रोत तथा सिंचाई विभागका पूर्वमहानिर्देशक मधुकर प्रसाद राजभण्डारी विरुद्ध ३ करोड ५६ लाख भ्रष्टाचार गरेको मुद्दा लागेको छ । आफूसँग भएको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजभण्डारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

    पूर्वमहानिर्देशक राजभण्डारीले परिवारका सबै सदस्यको आय र अन्य आयसमेत जोड्दा ३ करोड ८५ लाख रुपैयाँ वैधानिक आय देखाएका थिए । खर्च भने आयभन्दा ३ करोड ५६ लाख रुपैयाँले बढी – ७ करोड ४२ लाख रुपैयाँ देखिन आएको छ । सोही कारण आयोगले उनीविरुद्ध सरकारी पदको दुरुपयोग गरि अकुत सम्पत्ति जोडी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको आरोप लगाएको हो । 

    गैरकानुनी रुपमा कमाएको सम्पत्ति श्रीमती दिपा श्रेष्ठको नाममा राखेका कारण उनलाई समेत प्रतिवादी बनाई आयोगले मुद्दा दायर गरेको हो । 


    images
    images

    Logo