images
images

सोमबारदेखि काठमााडौंमा कुनै पनि भारतीय फिल्म नचलाउन बालेनको निर्देशन


  • 417
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    सोमबारदेखि काठमााडौंमा कुनै पनि भारतीय फिल्म नचलाउन बालेनको निर्देशन

    काठमाडौं । मेयर बालेन शाहले सोमबारदेखि काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म नचलाउन निर्देशन दिएका छन् । भारतीय फिल्म आदिपुरुषमा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएको भन्दै उनले यस्तो महानगरमा कुनै पनि भारतीय फिल्म चल्न नदिने निर्णय गरेका हुन् । 

    उक्त चलचित्रको मूल भागबाट हटाउन काठमाडौं महानगरले भारतलाई ३ दिन पहिले आग्रह गरेको थियो । तर उक्त समायावधीसम्ममा नहटाएकोले मेयर बालेनले सबै भारतीय चलचित्र प्रदर्शनीमा रोक लगाउने भएका हुन् ।

    मेयर बालेनले नेपालमा मात्र नभई पुरै भारतमा सच्च्याउनुपर्ने बताएका छन्।

    महानगरपालिकाका प्रमुख साहको निर्देशनपछि नगर प्रहरीले आज बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न निर्देशन दिने र यसका लागि नगर प्रहरी आजैदेखि खट्ने भएको महानगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले फेसबुक स्टाटसमार्फत तीन दिनको समय दिनुभएको थियो । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् ।


    images
    images

    Logo