images
images

नेपालले जिम्बाबेलाई दिएको लक्ष्य औसतमा कस्तो हो ?


  • 688
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    नेपालले जिम्बाबेलाई दिएको लक्ष्य औसतमा कस्तो हो ?

    काठमाडौं । नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य दिएको छ । विश्वकप छनौट अन्तर्गत आजको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २९० रन बनाएको हो । 

    पहिलोपटक टेष्ट मान्यताप्राप्त टिमसँग प्रतिस्पर्धामा उत्रिएको नेपालले दिएको लक्ष्यलाई भेट्टाउन नेपालले दिएको लक्ष्य भेट्न जिम्बाबे ब्याटिङमा उत्रिँदैछ । तर, यो लक्ष्य औसतमा कति हो भन्ने चाहिँ सर्वाधिक चासो छ ।

    आजै अर्को टेष्ट मान्यताप्राप्त राष्ट्र वेष्ट इन्डिजले अमेरिकासँग खेलिरहेको छ । वेष्ट इञ्डिज जिम्बाबेभन्दा एक स्थान अगाडि रहेको राष्ट्र हो । उसले अमेरिकालाई २९८ रनको लक्ष्य दिएको छ । जबकी अमेरिका नेपालभन्दा एक स्थान अघि छ । 

    यसको अर्थ पहिलोपटक टेष्ट राष्ट्रसँग प्रतिस्पर्धामा उत्रिएको नेपालले औसत प्रदर्शन गरेको देखिएको छ । बलिङमा गर्ने प्रदर्शनले नेपालको जितहार निश्चित हुनेछ । नेपाली टिमको मुख्य स्ट्रेन्थ नै बलिङ भएकोले नेपालको अवस्था बलियो नै मान्न सकिन्छ । 


    images
    images

    Logo