काठमाडौं । नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य दिएको छ । विश्वकप छनौट अन्तर्गत आजको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २९० रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले ९९ रन, आसिफ शेखले ६६ रन, कुशल मल्लले ४१ रन, रोहित पौडेलले ३१ रन लिए । त्यस्तै, गुल्सन झाले १३ रन, आसिफ शेखले १० रन, दिपेन्द्रसिंह ऐरीले ६ तथा करण केसीले २ रन बनाए । भीम सार्की पहिलो बलमै आउट हुँदा सोमपाल कामी २ बलमा शुन्य रनसहित नटआउट रहे ।
जिम्बाबेका लागि रिचार्ड ङाराभाले सर्वाधिक ४ विकेट लिँदा वेलिंग्टन मसाकाद्जा ले २ विकेट लिए ।