images
images

नेपालमा कटौती गरेर बिजुली निर्यात गरेको होइन : कुलमान घिसिङ


  • 329
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    नेपालमा कटौती गरेर बिजुली निर्यात गरेको होइन : कुलमान घिसिङ

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालमा कटौती गरेर बिजुली निर्यात नगरेकाे बताएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्। 

    उनले भने, ‘यहाँ बत्ती अफ गरेर निर्यात गरेको होइन’, कार्यकारी निर्देशक घिसिङले अगाडि भने, ‘पिक टाइम बाहेक अरु बेला आपूर्ति बढी नै छ, त्यो निर्यात नै गर्नुपर्छ । निर्यात गरेन भने खेर जान्छ र त्यसको मूल्य हामी (विद्युत प्राधिकरण) ले तिर्नुपर्छ ।’ 

    आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको बताए । तराई मधेशमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको  उनको भनाइ छ ।

    नेपालमा उत्पादन भएर यहाँ खपत नभएको विद्युत मात्र निर्यात गर्ने गरिएको उनले बताएका छन् ।  उनले दैनिक ४०० देखि ५०० मेगावाटको विद्युत निर्यात सुरु गरिसकेको र नेपालमा माग बढी नहुने दिउँसो र रातको समयमा १ हजार मेगावाटसम्म निर्यात गरिने बताएका हुन् ।


    images
    images

    Logo