काठमाडौं । टेष्ट राष्ट्रविरुद्धको पहिलो खेलमा दुवै ओपनरको अर्धशतक बनाएका छन् । जिम्बाबेमा जारी विश्वकप छनौट प्रतियोगितामा नेपालले घरेलु टिमविरुद्ध खेलिरहेको छ । नेपालका लागि ओपनरद्वय आरिफ सेख र कुशल भुर्तेलले अर्धशतक बनाएका हुन् ।
हाल २९ ओभरको खेल सकिँदा भुर्तेल ९३ रनसहित शतकको नजिक छन् । आसिफ सेख ५६ रनसहित क्रिजमा छन् । २० ओभर बाँकी रहँदा अहिलेसम्म नेपालले १५६ रन बनाएको छ ।