images
images

अपर हेवाखोलाको विद्युत उत्पादन बन्द, यस्तो छ कारण 


  • 425
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    अपर हेवाखोलाको विद्युत उत्पादन बन्द, यस्तो छ कारण 

    काठमाडौं । अपर हेवाखोलाको विद्युत उत्पादन बन्द भएको छ । अपर हेवाखोला जलविद्युत आयोजनामा बाढी आई ईन्टेक लगायतका संरचनाहरुमा क्षति पुगेपछि गएरातिदेखि विद्युत उत्पादन बन्द भएको हो  ।

    अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार २०८० साल आषाड २ गते राति ९१५ बजेको समयमा बाढी आई ईन्टेक लगायतका संरचनाहरुमा क्षति पुर्याएकोले सोहि समयदेखि आयोजनाबाट हुँदै आएको विद्युत उत्पादन बन्द भएको छ । बाढीबाट भएको क्षतिको बिस्तृत विवरण प्राप्त हुनासाथ जानकारी गराइने कम्पनीले जनाएको छ ।

    बाढी आउनु अघि कम्पनीले  अपर हेवाखोला साना जलविद्युत आयोजना (८.५ मे.वा) पूर्ण क्षमतामा सञ्चालन गरिरहेको थियो । 

    1687068436710_page-0001.jpg

     


    images
    images

    Logo