काठमाडौं । मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका छन् ।
४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उनीहरुले गोलभेँडा फालेर आन्दोलन गरेकोका लीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिकाअनुसार तीन चार सय क्रेट जति गोलभेंडा सडकमा फ्याकिएको छ । हाल कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा ४० रुपैयाँ र नेपाली टनेलको गोलभेँडा ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।