images
images

नौ हजार रकम घुससहित वडाअध्यक्ष पक्राउ


  • 331
    SHARES
  • २०८० आषाढ २ गते शनिबार

    नौ हजार रकम घुससहित वडाअध्यक्ष पक्राउ

    काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया ९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

    आज कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई ९ हजार रुपैयाँ रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । 

    कृषि अनुदानका लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

    उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

     


    images
    images

    Logo