images
images

आजको मौसम : कुन प्रदेशमा कस्तो रहनेछ ?


  • 419
    SHARES
  • २०८० आषाढ २ गते शनिबार

    आजको मौसम : कुन प्रदेशमा कस्तो रहनेछ ?

    काठमाडौं ।  हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। 

    कोशी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, नवलपरासी जिल्लामा अत्यधिक गर्मीको सम्भावना अझै रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा  थोरै तापक्रम घटे तापनि गर्मीको सम्भावना यथावत् रहने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। 

     ती भू(भागहरूमा आगामी असार २ गते देखि २०८० असार ३ गतेसम्म तातो लहरको सम्भावना यथावत् रहने देखिन्छ । मनसुनी प्रणालीको प्रभाव रहेका कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भू–भाग, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा भने बदली र वर्षाको सम्भावना रहेकोले तापक्रम घट्न सक्ने देखिन्छ ।


    images
    images

    Logo