काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ४० पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३१ रुपैयाँ ७९ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ८४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ६ पैसा रहेको छ।
