images
images

इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ


  • 443
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

    काठमाडौं । इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालार्ई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

    बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

    भण्डारीलाई प्रहरीले बिहीबार बुर्तिबाङ बजारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । साथै आज कर्मचारी लालमति रोकालाई प्रहरीले तारा खोलाबाट पक्राउ गरेको हो । कर्मचारी रोकालाई पनि आजै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । अन्य सञ्चालकको खोजी भइरहको प्रहरीले जनाएको छ । 

    इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकम हिनामिना गरी परिवारसहित जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए ।

     


    images
    images

    Logo