images
images

गण्डकी प्रदेशको बजेट ३३ अर्ब ४२ करोड (पूर्णपाठ)


  • 275
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    गण्डकी प्रदेशको बजेट ३३ अर्ब ४२ करोड (पूर्णपाठ)

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

    कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरेका हुन् । यसअघि चालु आर्थिक २०७९/८० वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । यसआधारमा आगामी वर्षको बजेट झण्डै ४ अर्बभन्दा बढी घटेर आएको छ । 

     


    images
    images

    Logo