काठमाडौं । गण्डकी प्रदेश सरकारले क्यान्सर उपचारको लागि १ लाखसम्म सहयोग गर्ने घोषणा गरेको छ । शुक्रकार अर्थमन्त्री जीतप्रकाश आले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।
भरतपुर क्यान्सर अस्पताल लगायतका अस्पतालहरुसँग सम्झौता गरी क्यान्सरको उपचार गर्न सरकारले १ लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्ने आलेले बताए ।
त्यस्तै, मन्त्री आलेले १० वर्ष मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रदेश भित्रका सबै सरकारी अस्पतालमा निशुल्क उपचार हुने बताएका छन् । उनले डायलासिस सेवा प्रवाहको क्षमता अभिवृद्धि गर्न ६ करोड ६८ लाख ८८ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्।