भक्तपुर । नेपाल प्रेस युनियन भक्तपुरको नवौं जिल्ला अधिवेशन असार ५ गते हुने भएको छ ।
प्रेस युनियन भक्तपुरको नवौं जिल्ला अधिवेशन असार ५ गते हुने जिल्ला अध्यक्ष रोशन सिल्पकारले जानकारी दिए ।
छुटेका सदस्यहरुको सदस्यता नविकरण तथा नयाँ सदस्यताको असार २ गतेभित्रको समय दिइएको उनले बताए ।
यस्तै, प्रेस युनियन आबद्ध सबै क्रियाशिल पत्रकारहरुको सदस्यता नविकरण गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको ध्यानाकर्षण गरिएको उनले बताए ।