काठमाडौं । बाग्मती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयको लागि ४ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो रकम विनियोजन गरिएको बताएका हुन् ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । प्रदेशका ३ वटा अस्पतालमा सिटी स्क्यान र मेमोग्राफी मेसिन वितरण गर्ने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्नातकोत्तर तहको अध्यापनको सुरुवात गर्ने, प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि निःशुल्क हवाई सेवा उपलब्ध गराउने, एक विद्यालय एक नर्स कार्यक्रम ं२ सम्म विस्तार गरी ३० करोड ५४ लाख रुपैयाँ विनियोग गरेको मन्त्री लामाले बताए ।



