काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सरकारले आगामी आर्थिक वर्षमा समानीकरण अनुदान बापत प्रदेशका १ सय १३ स्थानीय तहमा १ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
प्रदेश सरकारले स्थानीय तहका लागि सशर्त अनुदान तर्फ २ अर्ब ८२ करोड ४३ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ २ अर्ब ३५ करोड ७ लाख र विशेष अनुदान तर्फ ७३ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।