images
images

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण


  • 272
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

    काठमाडौं । लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । 

    सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर २.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर ५.३ प्रतिशत थियो । 

    आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार हुन नसक्दा आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले बताए । उनका अनुसार  कूल गार्हस्थ्य उत्पादन चालु वर्षमा ७ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । अघिल्लो वर्ष ६ खर्ब ९८ अर्ब रुपैयाँ थियो । 

    चालु वर्षमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको अंश १४.२ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा अंश १४.४२ प्रतिशत थियो । चालु वर्षमा कृषि क्षेत्रको तीन दशमलव छ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर एक दशमलव ५० प्रतिशत रहने प्रक्षेपण गरिएको छ । अघिल्लो वर्ष यो वृद्धिदर क्रमशः २.४ र ५.९ प्रतिशत थियो । 

    चालु आर्थिक वर्षमा लुम्बिनीमा प्रतिव्यक्ति आय १ हजार १ सय २६ अमेरिकी डलर रहेको प्रक्षेपण गरिएको छ । लुम्बिनीको गरिबीको औसत दर १८.४ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा लुम्बिनीमा ३ अर्ब ६४ करोड २५ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । यो लक्ष्यको ७४ प्रतिशत हो ।


    images
    images

    Logo