काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा काठमाडौंस्थित एक स्थानमा उक्त सभा आयोजना गरिएको हो ।
सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियूक्ती गर्ने प्रस्थावहरु सर्वसम्मतिले पारीत गरेको छ ।
सभामा शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए । वार्षिक साधारणसभाको उपलक्ष्यमा कम्पनीलाई उच्च मुकाममा पुर्याउन सहयोग गरेको भन्दै वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालहरुमा धन्यवाद ज्ञापन गरेका थिए ।



