images
images

आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक


  • 353
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

    काठमाडौं । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । उक्त कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पहिलेकै अवस्थामा ल्याउन गाह्रो पर्ने भएकाले सडक खन्न रोक लगाइएको जनाएको छ ।

    सूचनामा भनिएको छ, “सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गतका सडक डिभिजन कार्यालय मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिनेछ ।”

    वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ । सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउनेक्रम चलिरहेको गुनासो बढ्ने गरेको पाइएको छ ।

    त्यसैगरी वर्षात्का समयमा बाटो तथा ढल खन्दा हिलो भई सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न तथा सवारी आवागमनमा पनि समस्या उत्पन्न हुने गरेको छ । साथै यसरी खनिएका सडक या ढलमा सवारीसाधन फसेर दुर्घटना पनि हुने गरेका आमनागरिकका गुनासा आउने गरेका पनि पाइएको छ । 


    images
    images

    Logo