images
images

२ दिनदेखि घटेको सुनको मूल्य आज फेरि बढ्यो, कति छ आजको बजार भाउ ?


  • 466
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    २ दिनदेखि घटेको सुनको मूल्य आज फेरि बढ्यो, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

    बिहीबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँ कायम भएको  छ । 


    images
    images

    Logo