images
images

एसिया कप अगस्ट ३१ देखि  पाकिस्तान र श्रीलंकामा, नेपालले भारत र पाकिस्तानसंग खेल्ने 


  • 384
    SHARES
  • २०८० आषाढ १ गते शुक्रबार

    एसिया कप अगस्ट ३१ देखि  पाकिस्तान र श्रीलंकामा, नेपालले भारत र पाकिस्तानसंग खेल्ने 

    काठमाडौं । एसिया कप २०२३ एसिया कप पाकिस्तान र श्रीलंकामा हुने भएको छ । भारत र पाकिस्तानको आपसी सम्बन्धका कारण अनिश्चित बनेको एसिया कपको स्थान र मिति तय भएको हो । सो खेलमा नेपालले पहिलोपटक भारत र पाकिस्तानसंग खेल्ने छ ।

    आईसीसीले बिहीबार एक  वक्तव्य जारी गरी प्रतियोगिता अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना गर्ने जनाएको छ। आईसीसीका अनुसार   पाकिस्तानमा चार र श्रीलंकामा बाँकी खेल हुने गरी एसिया कपको १६औं संस्करण हुनेछ।

    भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसँगै नेपाल सहभागी हुने प्रतियोगितामा कुल १३ एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० खेल हुनेछन्।

    सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर शीर्ष दुईले सुपर फोरुमा स्थान बनाउनेछन्। सुपर फोरबाट शीर्ष दुई टिमले फाइनल यात्रा तय गर्नेछन्।

    नेपालले समूह चरणमा भारत र पाकिस्तासँग खेल्ने छ। यस्तै, अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। नेपाल घरेलु मैदानमा भएको एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको थियो।

    गत वर्ष यूएईमा भएको फाइनलमा पाकिस्तानलाई पराजित गरेको श्रीलंका प्रतियोगिताको साविक विजेता हो।


    images
    images

    Logo