काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषण गरेका छन् ।
मेयर बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय दिएका छन् । उनका अनुसार ३ दिनसम्म उक्त शब्द नसच्चिए महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन
मेयर बालेनले फेसबुकमार्फत भनेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’